
आइतबार तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले एक निर्णय गर्यो । त्यो निर्णयले अब विश्वको अर्थतन्त्र कता जाँदैछ भन्ने स्पष्ट संकेत गरेको छ । विश्व बजारमा खनिज तेलको मुल्य र आपूर्तिलाई हेर्ने विश्लेषकहरुले के भनिरहेका छन् भने अब तेलको मुल्यमा आउने उतारचढावले अकल्पनीय संकटतर्फ हामीलाई धकेल्दैछ ।
तेल बजारको अस्थिरतामा योगदान गर्ने धेरै कारकहरू छन् । पहिलो, ओपेक प्लसले भर्खरै घोषणा गर्यो कि उनीहरूले दैनिक १० लाख ब्यारेल भन्दा बढी तेल उत्पादन घटाउनेछन्। जसका कारण अब आपूर्तिमा निकै ठूलो समस्या आउने छ ।
प्रतिदिन लगभग १.१६ मिलियन ब्यारेल तेल उत्पादन कटौती हुँदा त्यसले तत्काललाई तेलको बजार मुल्यमा ठूलो आकारले बृदि गराउने छ । यसरी अहिले नै मन्दीमा पुगिसकेको विश्व अर्थतन्त्र त्यसपछी भने चल्नै नसक्ने स्थितिमा पुग्छ ।
दोस्रो, रूस र युक्रेनबिचको भूराजनीतिक तनावले अहिलेको भन्दा अझै बढी खनिज तेलको आपूर्तिलाई घटाउँदैछ। रुसको तेल खरिद नगर्ने पश्चिमा मुलुकहरुको अडान र युरोपलाई तेल तथा ग्याँस नबेच्ने रुसको अघोषित नीतिले गर्दा आपूर्तिमा झन् समस्या उने पक्का छ ।
तेस्रो तथा अन्तिम कारण हो, इएसजी (पर्यावरणीय, सामाजिक, र शासन) ले ऊर्जा विशेष गरी तेलमा धेरै कम लगानी गरेको छ। अहिले उर्जामा यसरी लगानी नै कमि आउँदा त्यसले तेल आपूर्तिमा झन् गहिरो समस्या देखिन सक्छ ।
उल्लेखित कारणहरुले जब तेलको आपूर्तिमा समस्या आउँछ त्यसले थेग्नै नसक्ने गरी मुल्य बृदि गराउने छ । उर्जामा ठूलो लगानीले गर्दा बस्तुको उत्पादन मुल्य लगायत समग्र अर्थतन्त्रमा नै महँगी थपिने छ । परिणाम स्वरूप बस्तुको मागमा कमि आउने र अन्त्यमा सबै उद्योगहरु बन्द हुनुपर्ने स्थितिमा पुग्छन् ।
यस्तो अवस्था भनेको पश्चगामी स्थिती हुन्छ । त्यसपछी तेलको खपतमा कमि आउने र फेरी मागमा ठूलो गिरावट हुने गर्छ । यसलाई पश्चगमन (ब्याकवर्डेशन) को अवस्था भनिन्छ । यो बेला तेलको मुल्य यति कम हुन्छ की लगभग तेलको बजार नै क्र्यासको चरणमा पुग्नेछ ।
समग्र विश्वको अर्थतन्त्रमा अकल्पनीय मन्दी र सुस्तता आएको त्यो बेलामा खनिज तेलको मूल्य अहिलेको तुलनामा धेरै नै कम हुनेछ । भविश्यमा तेलको माग अहिलेको तुलनामा उल्लेखनीय रूपमा कम हुने बताइरहेको छ। अर्थतन्त्र कति चलायमान छ भन्ने पहिलो सूचकका रुपमा रहेको खनिज तेलमा देखिने यो शृंखलाको अनुमान नै कहालीलाग्दो छ ।
पृथ्वीको सबैभन्दा महत्त्वपूर्ण बजारहरुमा मन्दीको भविष्यवाणी गरिरहेको छ । यो स्पष्ट छ कि भविष्यमा हालको भन्दा स्थिती राम्रो हुनु अघि धेरै खराब हुनेछ। बजार पछाडि फर्कने छ र पछिल्लो समय तेलको मूल्य घट्दै जाने हुँदा अहिले भएको आपूर्तिको कमिको नकारात्मक असरले अवस्था धेरै नै बिग्रने छ ।
निष्कर्षमा, तेल बजार दुर्घटनाले अर्थतन्त्र मन्दी वा सम्भवतः आर्थिक संकटतर्फ जाँदै गरेको स्पष्ट सङ्केत गरिरहेको छ । धेरै कारकहरूले यसमा योगदान पुर्याए तापनि भविष्यमा तेलको माग यति कम हुने अपेक्षा गरिएको छ कि त्यो अनुमानले धेरैलाई चिन्ता थपेको छ ।
प्रतिक्रिया दिनुहोस