
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्की भ्रष्टाचार बिरुद्ध संसद्मा कडा रुपमा प्रस्तुत भएकी छिन् । । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको भन्दै आपत्ति जनाएकी हुन् ।
कार्कीले नेपाली कांग्रेसकी सांसद तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणा तर्फ संकेत गर्दै संसद्मा प्रश्न गरेकी छिन्, ' भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ?' राणाले यसअघी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको गुनासो गरेकी थिइन् ।
उनको सुरुवाती प्रश्न थियो, 'संसद् देश निर्माणको छलफल गर्ने थलो हो कि एक भ्रष्ट्राचारीले अर्को भष्ट्रचारीलाई जोगाउने प्रहसन स्थल हो ?'
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरू लागेको आरोप समेत उनले लगाएकी छन् । उनले सांसदहरूले संघीय संसद् सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक गर्न पनि माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
अहिले नक्कली भुटानी शरणार्थी मुद्दामा नाम जोडिएकी सांसद आरजु राणाले केही दिन अघि प्रतिनिधिसभाकै बैठकमा सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिएकी थिइन् । उनले आफूमाथि समेत प्रश्न उठेको भन्दै 'आफूले गल्ती नगरेको र नडराउने बताएकी' थिइन् ।
प्रतिक्रिया दिनुहोस