aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा फरार रहेका भनिएको नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री तथा संसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको प्रहरीले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा परेकाले प्रहरीले रायमाझिको घरमा छापा मारेको छ ।  उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेपनि प्रहरी रायमाझिको खोजीमा लागेको छ । 

प्रतिक्रिया दिनुहोस