aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भन्सारमै रोकिए दसैंका सामान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
भन्सारमै रोकिए दसैंका सामान

काठमाडौं । दसैं र तिहारका लागि आयात गरिएका अबौं मूल्यबराबरका सामान भन्सारमै रोकिएका छन् । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोडने सडक बुधबारदेखि अवरुद्ध भएकाले केरुङबाट आयात गरिएका सामान रसुवा भन्सारमै रोकिएका हुन्।

पहिरोका कारण सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे-गाङ सडकखण्ड अवरुद्ध छ। उक्त सडक तत्काल खुल्ने अवस्था छैन । पहिरोका कारण मैलुङ–स्याफ्रबेंसी सडकखण्ड पनि अवरुद्ध छ। यो खण्डमा भने शनिबारबाट पहिरो पन्छाउन थालिएको छ। नाका जोड्ने सडक अवरुद्ध हुँदा दसैंका लागि आयात गरिएका अबौं मूल्यबराबरका सामान भन्सारमै रोकिएको नेपाल चेम्बर अफ कमर्सका भन्सार सभापति नीरज राइले बताए।

'चाडबाडको मुखैमा नाका जोडने सडक अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन् । दसैं सुरु हुन दुई हप्ता मात्र बाँकी छ,' उनले भने, 'ती सामान समयमै काठमाडौं पुयाउन सकिएन भने व्यापारीहरूले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउँछ, लामो समय यातायात अवरुद्ध हुँदा स्याउलगायत फलफूल कुहिने डर छ। अहिले दसै र तिहारका लागि चीनबाट धमाधम सामान आयात भइरहेको छ।

जधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानके वर्चस्व छ। दसैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ । तयारी पोसाक रसवागढी नाकाबाट भित्रिने गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस