aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँण पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँण पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका हुन । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । परिसरमा बयानको लागि ल्याइएको प्रहरीले स्रोतले बताएको छ ।  काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ताको भने फोन उठाएका छैनन् । यसले खाँण पक्राउ परेको आधिकारिता भने बाहिर आएको छैन । 

खाँणलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै पनि फरार छन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।

यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र  रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस