aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

गत वर्ष २ अर्ब २५ करोड डलरले घाटामा रहेको शोधनान्तर चालु आवमा १ अर्ब ३७ करोडले बचतमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
गत वर्ष २ अर्ब २५ करोड डलरले घाटामा रहेको शोधनान्तर चालु आवमा १ अर्ब ३७ करोडले बचतमा

काठमाडौँ । नेपालको चालु खाता ५१ अर्ब ८२ रुपैयाँ करोडले घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको समीक्षा प्रतिवेदनमा यस्तो देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले मात्र घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.० प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ भने खुद  प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ रुपैयाँ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस