aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

नक्कली भुटानी शरणर्थी प्रकरणमा सांसद थापाले गरे प्रधानमन्त्री र गृहमन्त्रीको प्रशंसा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
नक्कली भुटानी शरणर्थी प्रकरणमा सांसद थापाले गरे प्रधानमन्त्री र गृहमन्त्रीको प्रशंसा

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा दोषीलाई कारबाहीमा पछि नहट्न नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । उनले बुधबार प्रतिनिधिसभामा बोल्दै नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा दोषी भेटिएमा नेतादेखि त्यसमा जोडिएका सबैलाई नछाड्न आग्रह गरेका छन्।

उनले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री र गृहमन्त्रीको प्रसंशा गर्दैै भने,‘ प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई छ, संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ।’ उनले भने, ‘ कुनै दबाबले अनुसन्धान प्रभावित नहोस्। अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्।’ 

नेपाली काग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो ।  यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै पनि फरार छन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।

यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र  रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस