aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पूर्वगृहमन्त्री खाँणलाई चार दिन थुनामा राख्न अदालतले दियो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न गएर ठगेको आरोप पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले बुधबार खाँणलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि तत्कालीन मन्त्री टोपबहादुर रायामाझी भने हाल सम्पर्कविहीन छन् । पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले आज भने रायमाझीलाई कारवाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस