aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

शरणार्थी प्रकरणमा मुछिएकालाई उन्मूक्ति नदिन  स्वनिर्भर तथा सामाजिक न्याय अभियानको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
शरणार्थी प्रकरणमा मुछिएकालाई उन्मूक्ति नदिन  स्वनिर्भर तथा सामाजिक न्याय अभियानको चेतावनी

काठमाडौं । पछिल्लो समय नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा देशका प्रमुख राजनीतिक दल र तिनीहरुका उच्च तहका नेतृत्व एवम उनीहरुका परिवारको पनि संलग्नताको विषयलाई लिएर स्वनिर्भर तथा सामाजिक न्याय अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिगतमा  मुख्य मन्त्रालय समेत सम्हालेका ब्यक्तिहरुले नै आफ्नो राजनीतिक शक्तिको दुरुपयोग गर्दै, आफ्ना परिवार, नाता पातालाई समेत परिचालन गरि मोटो रकम असुलेका गतिविधि समग्र नेपाललार्इ नै विश्व सामु लज्जित बनाउने विषय भएको जनाएको छ ।

 आम नेपाली जनताको वर्तमान जटिल र विषम परिस्थिति, नेपाली युवाहरूको विदेशमा भएको दर्दनाक अवस्था र नेपालको यो जर्जर अवस्था भित्र देशकै बागडोर सम्हालेका नेताहरुनै यो प्रकरणमा मुछिनु गम्भीर  विषय भएको अभियानका केन्द्रीय संयोजक डा शिवशंकर बस्यालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस घटनाप्रतिको संलग्नताबारे तत्कालै छानबिन गरी सत्यतथ्य पत्ता लगाई  दोषीलाई अविलम्ब कारवाही गर्न जोडदार माग गरेको छ ।   भ्रष्टाचारी र दोषीहरुलाई उन्मुक्ति दिने बाहाना गरिए स्वनिर्भर तथा सामाजिक न्याय अभियान चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । 

प्रतिक्रिया दिनुहोस