aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नक्कली विज्ञापन गरी ठगी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
नक्कली विज्ञापन गरी ठगी

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट किन्नका लागि सम्पर्कमा आएमा आएका व्यक्तिलाई पोखरा, चितवनलगायतका स्थानमा मोबाइल पसल छ भनी कुरियर, कार्गोलगायतका माध्यमबाट मोबाइल डेलिभरी गरी पठाइदिन्छु भन्दै रकम ठगी गरेका थिए । 

उनले यसरी झुक्यानमा पारी अर्डरबमोजिमको मोबाइल उपलब्ध नगराई १५ जनाबाट रु चार लाख ८५ हजार ठगी गरेको उजुरी परेको थियो । उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस