aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल एयरलाइन्सको जहाजमा पनि समस्या, भोजपुर जान लागेकोमा काठमाडौं फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
नेपाल एयरलाइन्सको जहाजमा पनि समस्या, भोजपुर जान लागेकोमा काठमाडौं फिर्ता

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भोजपुर जाँदै गरेको एउटा जहाजको ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि बीचबाटै काठमाडौं फिर्ता गरिएको हो ।

आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौंमै अवतरण गराइएको थियो । 

नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस