aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाकिस्तानका पूर्व विदेशमन्त्री पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
पाकिस्तानका पूर्व विदेशमन्त्री पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री शाह मोहमद कुरैशी पक्राउ परेका छन् । पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का नेतासमेत रहेका कुरैशीलाई आज बिहान इस्लामाद प्रहरीले पक्राउ गरेको हो । 

पीटीआईले दाबी गरे अनुसार क्राउपछि उनलाई अज्ञात स्थलमा लगिएको छ । पार्टीले ट्विटरमा साझा गरेको भिडियोमा सादा लुगा लगाएका मानिसहरूले कुरेशीलाई हिरासतमा राखिएको स्थानबाट प्रस्थान गर्नुअघि पार्टी कार्यकर्ताहरूलाई हात हल्लाइरहेको देखाइएको छ ।

गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, ‘मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ । म एउटा सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ । आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ ।‘

प्रतिक्रिया दिनुहोस