aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न

काठमाडौं । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ सम्पन्न भएको छ । जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुयाउँदै आएको छ ।

यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्तिहरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

बुधबार हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरेका थिए ।  जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा  एसियन पेन्ट्स ग्लोबलका ब्रांड प्रबंधक मारिशा रेगो डिसूजाले यस वर्षका लागि चार प्रवृत्तिहरू घोषणा गरे । आर्किटेक्ट माधव रमनले कलर अफ द इयर सिल्भर स्केप्डको बारेमा प्रस्तुत गर्नुभयो ।

 
 

प्रतिक्रिया दिनुहोस