काठमाडौं । क्वेस्ट फर्मास्युटिकल्सको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । व्यवसायी उमेशलाल श्रेष्ठसहितको समुहद्धारा सञ्चालित फर्मास्युछिटकल्सको व्यापार सन् २०२१ को तुलनामा २०२२ मा १६.०२ प्रतिशतले बढेको हो ।
इक्रा नेपालका अनुसार यस कम्पनीले सन् २०२२ मा २ अर्ब ३२ करोड २५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी यस कम्पनीले सन् २०२१ मा एक अर्ब ९५ करोड ४लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
त्यस्तै यो कम्पनीले सन् २०१९ मा एक अर्ब ६० करोड ७४ लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२० मा यसको कारोबार बढेको थियो । यस वर्ष एक अर्ब ८० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
कम्पनीले अल्पकालिन र दिर्घकालिन कर्जाका लागि ९३ करोड १७ रुपैयाँको रेटिङ गराएको छ । जसमा अल्पकालिन कर्जाका लागि ५४ करोड रुपैयाँ र दिर्घकालिन कर्जाका लागि ३९ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले लिएको ऋणलाई प्लेस अन वाच विथ नेगेटिभ इप्लिकेशनको चिह्न प्रदान गरेको छ ।
हाल कम्पनीले काडियो भास्कुलर, डायबेटिज, डरमाटोलोजिकल एण्ड हाइपोलिपेडिमिकको उत्पादन गर्दै आएको छ । उक्त फर्मास्युटिकल्समा उमेशलाल श्रेष्ठ, पृथ्वीराज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद बर्माको ४५ प्रतिशत हिस्सा रहेको छ ।
सो कम्पनीमा अन्य व्यापारी र परिवारको पनि लगानी रहेको छ । सन् १९९९ मा स्थापित उक्त कम्पनीले हाल २५ क्याटागोरीमा एक सयभन्दा बढी प्रकारका औषधिहरुको उत्पादन गरिहेको छ ।
प्रतिक्रिया दिनुहोस