aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुवातास खेलिरहेका पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
जुवातास खेलिरहेका पाँच जना पक्राउ

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ५ स्थित एप्रिला स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा माप्य दुधकोशी गाउँपालिका २ बस्ने २७ वर्षीय बिनोद राई समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचना आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनीहरूले नगद ३३ हजार ६ सय १५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस