aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साउदीमा भएको आक्रमणले तेलको मूल्य आकाशिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
साउदीमा भएको आक्रमणले तेलको मूल्य आकाशिने

एजेन्सी । सऊदी अरबको अरामको कम्पनीको कच्चा तेल उत्पादन कम्पनीमा हमला भएपछी तेलको आपूर्तिमा आउनसक्ने कमीका कारण तेलको मूल्य अकाशिने भएको छ ।  तेलको अन्तराष्ट्रिय मुल्यलाई अध्यायन गरिरहेका अध्येताहरुका अनुसार नेपालमा प्रतिलिटर १० रुपयाँसम्म तेलको भाऊ बढ्न सक्छ ।  

भारतीय बजारमा पनि डिजेल तथा पेट्रोलको मुल्य भारु ६ रुपयाँसम्म बढ्ने अनुमान गरिएको छ । सोमबार साउदीमा ड्रोंन आक्रमण भए लगत्तै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा अप्रत्यासित बृद्दीभएको छ । सन् १९९१ जुन १४ तारिक यता कै उच्च्च मुल्यमा कच्चा तेल बिक्रि भएको हो ।

यसरी तेलको मूल्यमा एकाएक भएको बृद्दिले विश्व अर्थ व्यवस्थालाई नै तुलो ढक्क दिने अनुमान गरिएको छ । यसअघि नै आर्थिक मन्दीको सामना गर्दै आएका भारत लगायतका ठुला अर्थतन्त्रको लागि यो घटना अभिशाप सिद्ध हुनसक्छ । 

जानकारहरुका अनुसार साउदी अरवको यो तेल उत्पादक कम्पनीले आपुर्तीमा कमि ल्याउँदा विश्वको ५ प्रतिशत आपूर्ति घट्छ । अब यो कम्पनीले पुरानै आवस्थामा काम गर्न केहि हप्ता नै लाग्ने बताइएपछी तेलको मूल्य बारे चिन्ता ब्यक्त हुनथालेको हो । अवको केहि हप्तामै कच्चा तेलको मुल्यमा प्रति ब्यारेल २० डलरसम्म बढ्न सक्ने अनुमान गरिंदैछ । 

प्रतिक्रिया दिनुहोस