aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मौद्रिक नीतिमै अर्थमन्त्रीको नजर किन पर्‍यो ?

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, २९ बैशाख २०८०
मौद्रिक नीतिमै अर्थमन्त्रीको नजर किन पर्‍यो ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेका बेला मन्दी उन्मुख अर्थतन्त्रलाई सपार्न अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्त नीतिभन्दा मौद्रिक नीतिलाई सुधार्नुपर्नेमा जोड दिएका छन् । 

निजीक्षेत्रले आगामीबजेटमार्फत वित्त र मौद्रिक दुवै नीतिमा सुधार गर्नुपर्ने माग गरे पनि अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक भएको बताएका छन् ।

नेपाल राष्ट्र बैकको कसिलो मौद्रिक नीति र सरकारले पूँजीगत खर्च कम हुँदा अर्थतन्त्र सुस्ताएको महतको बुझाइ छ ।

'मौद्रिक नीतिलाई खुकुलो बनाउँदा ब्याजदर कम हुन्छ, सस्तो ब्याजदरले व्यावसायिक लागत कम हुन्छ । उत्पादन सस्तो हुन्छ। अर्थतन्त्र धरासाही भएको होइन,' अर्थमन्त्री महतले भने ।

प्रतिक्रिया दिनुहोस