aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

दैलेखको डढेलोमा गम्भीर घाइते बनेका चार जनालाई काठमाडौं रिफर गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ बैशाख २०८०
दैलेखको डढेलोमा गम्भीर घाइते बनेका चार जनालाई काठमाडौं रिफर गरियो

दैलेख । दैलेखको आठबीस नगरपालिका–६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो । तर उनीहरूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बिहीबार दिउँसो नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।

काठमाडौँ रिफर गरिएकामध्ये नवीन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक रहेका छन् । बुधबार आगलागीमा परेका १० जनामध्ये आठ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएकामध्ये भैरव विकको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

अहिले नेपालगञ्जमा तीन जनाको उपचार भइरहेको छ । भेरी अस्पतालमा एकजना र मेडिकल कलेजमा दुई जनाको उपचार भइरहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बाटोमा काम गरिरहेका १० जना दैलेख जिल्लाको आठबिस–६ मा रहेको जङ्गलमा लागेको आगोमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस