aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिङ्गापुर, माल्दिभ्स र दुबई पठाइदिन्छु भन्दै ९५ लाख भन्दाबढि ठगी, १४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ बैशाख २०८०
सिङ्गापुर, माल्दिभ्स र दुबई पठाइदिन्छु भन्दै ९५ लाख भन्दाबढि ठगी, १४ जना पक्राउ

काठमाडौं । सिङ्गापुर, माल्दिभ्स र दुबई पठाइदिन्छु भन्दै ९५ लाख भन्दाबढि ठगी गर्ने १४ जना लाई पह्ररीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने सृजन निरौला सहित १२ जना र माल्दिभ्स दुबई पठाइदिन्छु भनि ठगी गर्ने अन्जन सिग्देल र होम बहादुर तामाङ रहेका छन् ।

उनीहरुले वैदेशिक रोजगारका लागि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु र आकर्षक तलब हुन्छ भन्दै भन्दै प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ । सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

निरौला समेत १२ जनाले पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएके छ । उनीहरुलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो । 

त्यस्तै, वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ९ घर भई हाल काठमाडौं महानगरपालिका ३२ जडिबुटी नरेफाँट बस्ने ४६ वर्षीय अन्जन सिग्देललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौं जडिबुटी नरेफाँटबाट पक्राउ गरेको हो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रसुवा कालिका गाउँपालिका ८ धुसेनी घर भई हाल काठमाडौं महानगरपालिका ३ बसुन्धारा बस्ने ३८ वर्षीय होम बहादुर तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस