aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

भ्रष्टचार विरुद्ध शनिबार काठमाडौंमा प्रर्दशनको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० बैशाख २०८०
भ्रष्टचार विरुद्ध शनिबार काठमाडौंमा प्रर्दशनको तयारी

काठमाडौं । नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाएर ठूलो भ्रष्टचार गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशनको तयारी भईरहेको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणको ठगीमा राजनीतिक दलका उच्च नेता र कर्मचारी संलग्नता देखिएपछि नागरिकहरू भ्रष्टाचारविरुद्ध उत्रिने भएका हुन् ।

राजनीतिक दलबाट प्रहरीलाई अनुसन्धानमा दबाब र प्रभाव नहोस् भनेर खबरदारीका लागि शनिबार काठमाडौंलगायत विभिन्न जिल्लाका शहरमा प्रदर्शन हुन लागेको हो । शनिबार दिउँसो नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’ भन्दै प्रदर्शन गर्न लागिएको छ । रास्वपाका सभापति रवि लामिछाने पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन आह्वान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस