aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मौसम पूर्वानुमानः “मोखा” नामक चक्रवात शक्तिशाली चक्रवातमा परिणत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
मौसम पूर्वानुमानः “मोखा” नामक चक्रवात शक्तिशाली चक्रवातमा परिणत

काठमाडौं । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको  “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आइतबार दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का  वर्षाको  सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस