aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

पुल निर्माणको माग राखेर सांसद गौतम नै बसे आमरण अनसनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
पुल निर्माणको माग राखेर सांसद गौतम नै बसे आमरण अनसनमा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले आमरण अनसन थालेका छन् । सत्तारुढ दल कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा बर्दिया–१ बाट निर्वाचित भएका गौतमले विकास निर्माणका १५ बुँदे माग राख्दै आमरण अनसन थालेका हुन् । 

उनले शनिबारबाट जब्दीघाटको भत्किएको पुलमुनि आमरण अनशन शुरु गरेका छन् । जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने उनको पहिलो माग रहेको छ । 

जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने माग पनि राखेका छन् ।

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उद्घाटन नहुँदै २०७४ साउनमाभत्किएको थियो । यो पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस