
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भ्रष्टाचारका विरुद्ध सडकमा भइरहेको प्रदर्शनप्रति आक्रोश पोखेका छन् । शनिबार साँझ आफ्नो सामाजिक सञ्जालमा लेखेर उनले आक्रोश पोखेका हुन् ।
नेताहरुलाई भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्न नभइ सिधै कारबाही गर्न मत दिएको जिकिर उनको छ । उनले नेताहरुले नै सडकमा प्रदर्शन गरेर नाटक देखाएको आरोप लगाएका छन् ।
‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपल्नुस् ।
यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले ।
पत्याउँदिन म चही ।
उनले आक्रोश व्यक्त गर्दै लेखेका छन् । 'यसका साथै मेयर साहले अगाडि लेखेका छन् – तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’
प्रतिक्रिया दिनुहोस