aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल बस्ने ज्ञानहरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा बिगु गाउँपालिका ३ घर भएका ५० वर्षीय निमा शेर्पासमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग भएको नगद ८६ हजार ३ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस