काठमाडौं । काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर फाल्ने एक जनालाई जरिवाना तिराएको छ । महानगरले दिनेश श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
काठमाडौं महानगरपालिका वडा नं.०७ ओम हस्पिटल अगाडि सार्वजनिक स्थानमा उनले फोहोर फालेका थिए । सो स्थानमा फोहोर फाल्दा दिनेश श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस