aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतको आर्थिक मन्दी अब हवाइ क्षेत्रमा पनि देखिन थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
भारतको आर्थिक मन्दी अब हवाइ क्षेत्रमा पनि देखिन थाल्यो

एजेन्सी । भारतको आर्थिक मन्दी विस्तार फैलिदै गएको छ । अटो, एफएमसीजी र टेक्सटाइल क्षेत्रपछि अब वायु सेवा क्षेत्रमा यसको असर देखा पर्न थालेको छ । भारतमा देखिएको मन्दीका कारण भारतीय वायुसेवा कम्पनीहरु अधिकांश ऋणमा रहेकाले आर्थिक संकट देखापर्न थालेको छ । ऋणका कारण धेरै वायु सेवा कम्पनीहरु घाटामा सञ्चालित छन् । 

गएको एक वर्ष भारतका ठूलो वायुसेवा कम्पनी इण्डिगोको मुनाफा करिब १५० प्रतिशतको गिरावट आएको छ । आर्थिक वर्ष २०१९र२० पहिलो त्रैमासमा इण्डिगो एआरलाइन्समा नाफामा १२०३ करोड रुपैयाँ भारु मात्र भएको छ । इन्टरग्लोबल एविएसनको स्वामित्वमा इण्डिगोको ५०प्रतिशत लगानी भारतीयको रहेको छ । त्यस्तै, विसतारा एयरलाइन्सको यहि वर्षको पहिलो त्रैमासमा नै  ८०० करोडभन्दा बढी घाटा भएको छ ।   

त्यस्तै एअर इण्डियाको ८४०० करोड गत आर्थिक वर्ष २०१८र२९ मा नै घाटा भएको जनाइएको छ ।  गत वर्ष एअर इण्डियाको नाफा २६४०० करोड नाफा भएको थियो । यसमा ४६०० करोड भारु सञ्चालन घाटा वेहोर्न परेको छ । जुन त्रैमासमा पाकिस्तान एयरस्पेस बन्द हुँदामात्र १७५देखि २०० करोड घाटा भएको बताएको छ । एअर इण्डियाको ५८०० करोड भारु ऋण रहेको छ । यो ऋण तिर्नमात्रै कम्पनीले ४००० करोड भारु खर्च गर्न पर्ने हुन्छ । 

त्यस्तै, भारतको सबैभन्दा ठूलो विमान कम्पनी जेट एअरवेजले गएको १७ अप्रिलदेखि आफ्ना कुनै पनि उडान गरेको छैन । जेट १२ हजार करोड भारुको ऋणको बोझ बोकिरहेको छ । 

प्रतिक्रिया दिनुहोस