aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

‘नगदमा जोखिम देखिएपछि भ्रष्टहरूको ध्यान शेयर, हिरा र सुनमा गयो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
  • डा. स्वर्णिम वाग्ले  

नेपाल एउटा कुवाको भ्यागुतो जस्तो आइसोलेटेड रहेन । नेपालबाट उब्जिएको यो काण्डले अमेरिका, अष्ट्रेलिया पठाउँदा त्यहाँ रहेका नेपालीहरूको उल्लेख्य उपस्थिती छ उनीहरूका लागि राष्ट्र र सम्मानका कुराहरू आउँछ । लाखौँ नेपाली विदेशमा हुनुहुन्छ । यस्ता घटनाले विदेशमा बस्ने नेपाली वा नेपाली मूलका व्यक्तिलाई नराम्रो लाग्ने र उनीहरूको आत्मसम्मानमा चोट पुगेको छ ।  

भुटानी शरणार्थी प्रकरणका काण्डहरू तीन नेता बस्दै सामसुम पार्दै भन्ने बाहिर हल्ला आएका छन् । त्यस्तो पार्नु भएन । भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरू सबैलाई प्रहरीले सोधपुछका लागि ल्याउनु पर्छ ।   

यो विषयमा अहिले जोडिएका व्यक्तिहरूले चुनौती दिँदै प्रमाणित गर भन्दै हिँडेको अवस्था छ । यो अवस्था कसरी आयो भन्ने पनि प्रश्न उब्जिएको छ । पुरानो करप्सनको कुरा गर्ने हो भने गाडेर लुकाए राख्ने गरिएको थियो । तर, बिस्तारै समयसँगै नगद कारोबार भन्दा पनि अर्कैतिर मोडिएको छ । हात्ताहात्ति पैसा ट्रान्सफर्म नहुने फलानोको नाममा शेयरहरु राखिदिने इत्यादि गरी कारोबार हुन थालेको छ । जुन फलानोको नाममा शेयर राखिदिने इत्यादि उदाहरणहरू रहेका छन् ।  

पहिला नगदमै भ्रष्टाचार हुने गरेको भए पनि अहिले त्यसको स्वरूप फेरिएर छ । पछिल्लो समय नगद पनि जोखिम भयो र शेयरबाट पनि बाहिर आउँला भन्ने भएर हिरा र सुनमा पैसा गएको छ । नगद र शेयरमा पनि असुरक्षित भएपछि पछिल्लो समय भ्रष्टहरूले हिरा र सुनमा ध्यान दिएका छन् । यसो भएपछि त कागज हुँदैन । बैंकमा राखिँदैन तर सम्पत्तिमा जोडिन्छ । यता तिर पनि पछिल्लो समय नगद मोडिएको हो भन्ने लाग्छ । 

भ्रष्टाचार गर्नेहरूले अर्को उपाय पनि अपनाएका छन् । त्यो भनेको, नियमावली संशोधन नै गरेर गर्ने । ग्रयाण्ड सेटिङका कुराहरू पनि आइरहेका छन् । पछिल्लो समय सेबोनको कुरा पनि आइरहेको छ । 

मैले अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई सूर्यनाथजीहरुले त गर्नुभयो तपाईँ पनि गरेर देखाउनू न भनेर पनि भने । उहाँले तपाईँले अहिले जसकोबारे अनुसन्धान गर्ने हो र उसको बैंक खाता हेर्ने हो भने दुई तीन लाख पनि नहुन सक्छ भन्नु भयो । 

पछिल्लो समय भ्रष्टहरूले कानुनी क्षेत्रमै प्रभाव पारिसकेको छ । अख्तियारले गर्ने गरेको स्टिङ अप्रेसन रोकिएको भन्दै वाग्लेले त्यसमा भ्रष्टहरूको प्रभाव रहेको हुनसक्छ । भ्रष्टाचारीहरूलाई रंगेहात समात्नका लागि स्टिङ अप्रेसनको विधि थियो । त्यसलाई कोर्टले बन्द गरिदियो । भ्रष्टहरूले अदालतलाई पनि प्रभावमा पारिसके । हामीले सिस्टमलाई करप्सन फ्रेन्ड्ली बनाइसकेको हो कि भन्ने भइसक्यो ।

राजनीतिक दलहरूमा विभिन्न संस्थामा भागबन्डा हुने गरेको र त्यसले संस्थागत कब्जा हुँदा भ्रष्टाचार बढ्ने गरेको छ । यसको उपचार के हुनसक्छ भनेर हेर्नु पर्छ । करप्पसनलाई लिगलाइज गरेर नियमावली संशोधन गरेर नै काम गर्ने अवस्था बनेको छ । 

नेपालका हरेक प्रमुख नियुक्तिमा लेनदेन हुने गरेको छ । लगभग सबैजसो महत्त्वपूर्ण नीतिहरू सेटिङबाट चल्ने । यी सबैलाई हेर्न बसेका सार्वजनिक संस्थाहरू कब्जामा रहेन गरेका छन् । 

(राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले आइतबार आयोजित एक कार्यक्रममा राखेको भनाईको सम्पादित अंश)  

 

प्रतिक्रिया दिनुहोस