aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा रकम असुल्ने गिरोहमा संलग्न भएको आरोप लागेका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई प्रहरीले आज ढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिएको हो । 

रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो । सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । उक्त प्रकरणमा उनका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो । अहिलेसम्म यो प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस