
काठमाडौं । सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र रु. ९९ मा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ ।
आउदै गरेको महान चाडलाई उपभोतmाहरुले हर्षोउल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यम बाट सर्भशुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको हो ।
यस प्याकेज अन्तर्गत ग्रहाकहरुले मात्र रु. ९९ (कर सहित) मा एक महिनाको लागि ३० एमबीपीएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभि प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछ । जस अन्तर्गता ७५ भन्दा बढी एच. डी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् ।
सथै मात्र रु. १९८ (कर सहित) मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछ जसमा २५ एमबीपीएस इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस