भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा साँझ ७ बजेदेखि भएको आगलागी राती नियन्त्रणको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
साँझदेखि सुरु भएको आगलागी के कारणले भएको र कति मूल्य बराबरको क्षति भयो भन्नेबारेमा यकिन नभएको बताउँदै उनले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएपछि सबै विवरण प्राप्त हुने बताए ।
उनले भने, “ठूलो फर्निचर कारखानामा आगलागी भएको छ, कारखाना कसको हो, के कति मूल्य बराबरको सामान क्षति भयो, आगलागीका कारण के हो भन्ने विवरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका लागि सक्रिय छन्, पूर्ण रुपमा आगो नियन्त्रणमा आएपछि प्रहरीले मुचुल्का गरेपछि मात्रै सबै विवरण आउँछ ।”
प्रतिक्रिया दिनुहोस