
काठमाडौं । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले पार्टी सचिव टोपबहादुर रायमाझी आफैं प्रहरीसम्म पुगेको बताएका छन् । नेता बस्नेतले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्– ‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुग्नुभएको छ । नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधीहरूलाई कारवाहीको दायरामा ल्याउन अनुरोध छ ।’
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा संलग्न भएको आरोप लागेपछि रायमाझीका विरुद्ध बैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस