
काठमाडौं । नेकपा (एमाले)का निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईंने भएको छ । आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईंने भएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रलोभन देखाएर प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा संलग्न भएको आरोप लागेपछि उनका विरुद्ध बैशाख २० गते वारेन्ट पुर्जी जारी भएको थियो । त्यसदिन गृहजिल्ला अर्घाखाँचीमा एक कार्यक्रमको विशेष अतिथि रहेका उनी भैरहवा विमानस्थल हुँदै काठमाडौं आउन लागेको भए पनि प्रहरीले पक्राउ गर्ने डरले उनी फरार भएका थिए ।
प्रहरीको उच्च निगरानीमा रहेका उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएका उनको बेलुका नै स्वास्थ्य जाँच गरिएको छ । उनलाई आज अदालतमा उपस्थित गराइ म्याद थप गरेर प्रहरीले अनुसन्धान गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस