काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले राजनीतिज्ञदेखि ठूला व्यापारीहरूले दुबईमा पैसा राखेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै सांसद सिंहले भने, ‘नेपालमा करप्सनको विभिन्न रूप रहेको छ । एक हजार भन्दा बढीको नेपालीको पैसा दुबईमा रहेको छ । सय करोड नेपालीहरूको घर दुबईमा रहेको छ । उनीहरूको गोल्डेन भिसा छ, यहाँ ठूला घराना बनेर बसेका छन् । जुन पैसा ठूला राजनीतिज्ञदेखि व्यापारी व्यवसायीहरूको रहेको छ ।’
कुनै पनि पदमा नियुक्त दिन र लिनका लागि ठूलो मात्रामा पैसा बुझाउनु पर्ने अवस्था रहेको उनले बताए । सिंहले भने, ‘आजको दिनमा नेपालमा हरेक नियुक्त गर्दा टेण्डर जसरी शुल्क तिर्नु पर्छ । यसरी भएका भ्रष्टाचारको पेमेन्ट नेपालमा हुँदैन । बाहिर ट्रान्जेक्सन हुन्छ, यसमा नेपालका बैंकहरुलाई माध्यम बनाइने गरेको छैन ।’
त्यस्तै, उनले नेपालको अर्थतन्त्र नेपालीको हातमा नरहेको समेत बताए । उनले भने, ‘न नेपालको अर्थतन्त्र नेपालीको हातमा छ न त डेमोक्रेसि नै ।’
प्रतिक्रिया दिनुहोस