aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

दुई दिन कैद बस्नुपर्छ भनेर करिब ६ महिना भागेका उत्तरमान पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
दुई दिन कैद बस्नुपर्छ भनेर करिब ६ महिना भागेका उत्तरमान पक्राउ

काठमाडौं । दुई दिन कैद बस्नुपर्छ भनेर करिब ६ महिना भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रौतहट गजुरा नगरपालिका २ घर भई भक्तपुर मध्यपुरठिमी नगरपालिका १ बस्ने ३२ वर्षीय उत्तरमान गोलेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख ६० हजार रूपैयाँ जरिवाना र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस