aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्रोत नखुलेको साढे चार लाखसहित एक जना प्रहरी नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
स्रोत नखुलेको साढे चार लाखसहित एक जना प्रहरी नियन्त्रणमा

मोरङ । स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका ११ पाञ्चाली मोडबाट स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रूपैयाँसहित सोही महानगरपालिका १५ बस्ने ४३ वर्षीय अनिल यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको  प्रहरीले बिआर ३३ जेड ९७९६ नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस