aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस्ः वाग्ले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस्ः वाग्ले

काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने पर्ने माग राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका हुन् । 

डा. वाग्लेले भने, ‘भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ । उहाँले भ्रष्टाचारका लागि सार्वजनिक पदको दुरुपयोग हुने गरेको र त्यसको उदाहरण तनहुँका दर्जनौँ आयोजना अलपत्र परेको, बनेका सडक पनि गुणस्तरहीन भएको भन्दै राष्ट्रिय भौतिक विकासको औचित्वमा बहस गर्नुपर्ने आवश्यकता छ ।’ 

त्यस्तै, सांसद हितराज पाण्डेलले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयले देश तातेको र सरकारले दृढताका साथ यो विषयलाई अगाडि बढाएकोप्रति जनतामा आशा जागेको भन्दै दोषीलाई कारबाही गरेर जनताको आशालाई विश्वासमा परिणत गर्न सरकार समक्ष माग गरे । उनले हेटौँडा गोरखकाली उद्योगलगायतलाई सञ्चालनका लागि बजेटमा व्यवस्था गर्न पनि माग गरे ।  

प्रतिक्रिया दिनुहोस