aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विदेश पठाइदिन्छु भन्दै ३४ लाख ठगि गर्ने दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
विदेश पठाइदिन्छु भन्दै ३४ लाख ठगि गर्ने दुई जना पक्राउ

काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ३४ लाख ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोमानिय पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बागलुङ बागलुङ नगरपालिका ७ घर भई काठमाडौं टोखा नगरपालिका ९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   

विक समेतले ८ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाई प्रतिष्ठित कम्पनीहरुमा १ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी १८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।

त्यस्तै, कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका १ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ माकलबारी बस्ने २९ वर्षीय सिद्धार्थ तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङ समेतले २ जनालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाई क्यासिनोमा १ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी १६ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । 

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका शिवचोकबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस