aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

शरणार्थी  प्रकरणमा मुछिएका अर्का पूर्व सांसद प्रहरीमा सम्पर्कमा पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
शरणार्थी  प्रकरणमा मुछिएका अर्का पूर्व सांसद प्रहरीमा सम्पर्कमा पुगे

काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा आज जिल्ला प्रहरी परिसर काठमाडौँ  पुगेका छन । 

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उनी आफैं परिसरमा आइपुगेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । त्यसपछि उनलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो । उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस