aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

महानगरपालिकाका मेयर बालेन्द्रले भ्रष्टचार विरुद्धका चाले कडा कदम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
महानगरपालिकाका मेयर बालेन्द्रले भ्रष्टचार विरुद्धका चाले कडा कदम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) पनि भ्रष्टचारका विषयमा कडा भएर देखिएका छन् । महानगरपालिकाको आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि कर्मचारीले घुस मागे सम्पर्क गर्न आह्वान गरेका हुन् ।

प्रमुख सहले सोमबार  सामाजिक सञ्जाल मार्फत घुस मागेको प्रमाणसहित सम्पर्क गर्न आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् । विनाप्रमाण कसैमाथि भ्रष्टाचारको आरोप लगाउनुभन्दा भिडियो अडियोको प्रमाणसहित सम्पर्क गर्न उनले आग्रह गरेका छन् । 

उनले आफ्नो नम्बरको नम्बर 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । सम्पर्क नम्बर राख्दै भनेका छन्, यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’

प्रतिक्रिया दिनुहोस