
जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यस अघि सरकारमा सहभागी रहेको एमाले सरकारबाट भने पहिले नै बाहिरिइसकेको थियो । एमालेका मन्त्रीहरुले राजीनामा बुझाए पनि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
मधेस प्रदेश एमाले संसदीय दलका नेता सरोजकुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा सोमबारदेखि नै समर्थन फिर्ता लिइएको उल्लेख छ । यससँगै अब मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा पुनः विश्वासको मत लिनु पर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस