aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आज यी ठाउँमा पर्नेछ मेघगर्जन र चट्याङसहित पानी, हेर्नुहोस् विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
आज यी ठाउँमा पर्नेछ मेघगर्जन र चट्याङसहित पानी, हेर्नुहोस् विवरण

काठमाडौं । जल तथा मौसम विञान विभागले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको छ ।

त्यस्तै, राती कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनुका साथै पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति तथा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस