aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

कैलाली । स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ४ उत्तर बेहडी चोकबाट स्रोत नखुलेको ४१ हजार नेपाली रूपैयाँ र ९ लाख भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १० बस्ने २९ वर्षीय अक्षय राना र सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राना रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१००९ प ३८०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस