aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

टहरामा  जुवातास खेलिरहेका ९ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
टहरामा  जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका २ घर भएका २५ वर्षीय राम बहादुर सिजाली समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ५ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस