aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

रेष्‍टुरेन्टमा जुवातास खेलिरहेका आठ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
रेष्‍टुरेन्टमा जुवातास खेलिरहेका आठ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल नरसिंह चोकस्थित जय बहादुर मोक्तानको स्कुटी डान्स रेष्‍टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार रूपैयाँ र १० गड्डी ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस