aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो (मूल्य सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो (मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।  निगमले आज राति १२ बजेदेखि लागू हुने गरि डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो । अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भन्दै निगमले केही इन्धनको मूल्य समायोजन गरेको हो । अब नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस