काठमाडौं । लामो दुरीका सार्वजनिक यातायातको भाडा घटेको छ । अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटेको हो ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ । मंगलबार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको थियो । पेट्रोलियम पदार्थको मूल्य घटेसंगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले घटेको छ । यसका साथै पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । नयाँ भाडादर आजदेखि लागू भएको छ ।
यस्तो छ नयाँ भाडादर
प्रतिक्रिया दिनुहोस