काठमाडौं । रिभर फल्स पावर लिमिटेडको खुद नोक्सानी गत वर्षको तुलनामा यस वर्ष बृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यो वर्ष कम्पनी रू. करिब ८८ लाख नोक्सानीमा रहेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी रू. करिब ७६ लाख रहेको थियो ।
यस वर्ष अन्य सञ्चालन खर्च बढेसँगै कम्पनीको खुद नोक्सानी बढेको देखिन्छ । व्यापारिक आम्दानी नभएको यस कम्पनीले तेस्रो त्रैमाससम्म कर्मचारी खर्च रू. ९ लाख ५४ हजार र अन्य सञ्चालन खर्च रू. ६६ लाख ४९ हजार गरेको छ । यस वर्ष कम्पनीले डिप्रिसियसन रू. १२ लाख ६३ हजार कटाएको छ ।
अन्य शिर्षक गत वर्षभन्दा यस वर्ष कम खर्च भएपनि अन्य सञ्चालन खर्च भने बढेको हो । गत वर्ष कर्मचारी खर्च रू. ११ लाख ८८ हजार र अन्य सञ्चालन खर्च रू. ४८ लाख ६२ हजार भएको थियो । डिप्रिसियसन भने गत वर्ष रू. १५ लाख ३८ हजार कटाएको थियो ।
कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । गत वर्ष वैशाखमा यस कम्पनीले सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम भने रू. करिब ६ करोड ऋणात्मक रहेको छ । सुरक्षित कर्जा गत वर्ष रू. ९६ करोड ८१ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १ अर्ब २८ करोडभन्दा बढी कायम भएको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ५२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस