काठमाडौं । विभिन्न ठाउँमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, धनुषा, बाँके र गोरखामा चार जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं महानगरपालिका १५ स्वयम्भू जनगल्ली बस्ने ३५ वर्षीय होम बहादुर परियार आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता धनुषाको मिथला नगरपालिका ११ स्थित सुनाखरी सामुदायिक वनमा महोत्तरी बर्दिवास नगरपालिका ३ पछाहिधाप बस्ने २८ वर्षीय अजय माझी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका ११ कृषिचोकस्थित अनमोल गेष्ट हाउसमा सोही नगरपालिका १२ बस्ने ३१ वर्षीय हरि शर्मा पौडेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । गोरखाको गोरखा नगरपालिका ११ नाकापानी बस्ने ५७ वर्षीय एकराज परियार आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस