aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

रेशम चौधरीको रिहाका लागि नेपाल बन्दसम्मको कार्यक्रम घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ जेठ २०८०
रेशम चौधरीको रिहाका लागि नेपाल बन्दसम्मको कार्यक्रम घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहाका लागि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको छ । बुधबार सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरेका छन् । 

यी माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताउँदै उनले पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताए ।  उनले माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन । 

प्रतिक्रिया दिनुहोस