aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्टार्टअप कर्जाका लागि परेका २१३ निवेदन आउट

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०४ जेठ २०८०
स्टार्टअप कर्जाका लागि परेका २१३ निवेदन आउट

काठमाडौं । स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार मापदण्ड नपुुगेका अयोग्य २१३ आवदेन आउट भएका छन् ।

उद्योग विभाग अन्तर्गत स्टार्टअप उद्यम कार्यान्वयन समितिको सचिवालयले कर्जाका लागि परेका आवदेन अध्ययन गरेर कार्यविधि अनुरूप नभएका २१३ आवेदन मूल्याङ्कनमा समावेश नहुुने सूचना निकालेर सार्वजनिक गरेको हो । कर्जाका लागि विभागमा ३८२ आवदेन परेका थिए । 

पहिलो चरणमा कार्यविधि अनुसार अयोग्य २१३ आवेदनलाई आउट गरिएको विभागले जनाएको छ । कर्जाका लागि आवेदन परेका उद्यम व्यवसाय एकल लगानी भएको, फर्म दर्ताको कागज नभएको, प्राइभेट फर्म, सूचनापश्चात् साझेदारी फर्म भएको, साझेदारी फर्म–उद्योग नभएको, नगरपालिकामा एकल व्यवसाय दर्ता देखिएको छ, एकल रही सात वर्ष नाघेको, कम्पनी दर्ता अरूको नाममा भएको कैफियत देखिएको विभागले जनाएको छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा संलग्न हुन उत्प्रेरित गर्न र सहुलियतपूर्ण कर्जा प्रवाह गर्न यो कार्यविधिमा उल्लेख भए पनि सो अनुुरूप नभएका व्यवसायलाई आउट गरिएको विभागले जनाएको छ । 

विभागका निर्देशक खगेन्द्रबहादुुर बस्नेतले स्टार्टअप कार्यविधि अनुसार मापदण्ड नपुुगेको २१३ आवदेन रद्द भएको जानकारी दिए । नवीनतम ज्ञान, सिप क्षमता भएको व्यवसाय हुुुनुुपर्ने भएपछि कर्जाका लागि आएका अधिकांश आवेदन कार्यविधि अनुुरूप नभएको उनले जानकारी दिए । पहिलो चरणमा कर्जाका लागि अयोग्य कम्पनीले सार्वजनिक गरिएको र थप बाँकी आवदेनको अध्ययन भइरहेकाले तोकिएको कार्यविधि नपुुगेकाले सूचना निकालेर सार्वजनिक गरिने उनले जानकारी दिए । 

स्टार्टअप उद्यम कर्जाका लागि चालुु आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले २५ करोड रुपियाँ छुुट्याएकाले २५ लाखका दरले एक सय जनालाई मात्र कर्जा रकम उपलब्ध गराउन विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस